कीवर्डहरू -

सामसङको अपरेटिङ नाफा ३२.५ प्रतिशत बढ्यो, तेस्रो त्रैमासिकमा १२.२ ट्रिलियन वन

सामसङको अपरेटिङ नाफा ३२.५ प्रतिशत बढ्यो, तेस्रो त्रैमासिकमा १२.२ ट्रिलियन वन

दक्षिण कोरियाली टेक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर २०२५) मा शानदार प्रदर्शन गरेको छ। कम्पनीको अपरेटिङ नाफा ३२.५ प्रतिशत बढेर १२.२ ट्रिलियन वोन (लगभग ८.६ अर्ब डलर) पुगेको छ। यो वृद्धि मुख्य रूपमा कम्प्युटर मेमोरी चिपहरूको बढ्दो मागका कारण भएको हो, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले ठूलो भूमिका खेलेको छ।

कम्पनीका अनुसार कुल त्रैमासिक आय लगभग ९प्रतिशत बढेर ८६ ट्रिलियन वन (६०.४ अर्ब डलर) पुगेको छ, जुन अहिलेसम्मको सबैभन्दा उच्च त्रैमासिक आय हो। यसमा सेमिकन्डक्टर उत्पादनहरू र स्मार्टफोनको बिक्रीले सबैभन्दा बढी योगदान दिएको छ।

एआईका कारण आगामी महिनाहरूमा चिपहरूको माग अझ तीव्र रूपमा बढ्ने सामसङको अपेक्षा छ। कम्पनीको सेमिकन्डक्टर डिभिजनले मात्रै ७ ट्रिलियन वोनको अपरेटिङ प्रॉफिट दर्ता गरेको छ, जसमा हाई-ब्यान्डविथ मेमोरी (एचबीएम३ई) चिपहरूको बिक्रीको ठूलो योगदान रहेको छ। यी चिपहरू एआई एप्लिकेसनहरूलाई पावर दिन प्रयोग हुन्छन्।

कम्पनीको चबीएम३ई चिप्स संस्करण अहिले ठूलो  उत्पादनमा छ र सबै प्रमुख ग्राहकहरूलाई सप्लाइ भइरहेको छ। अर्को पुस्ताको एचबीएम४ चिपको स्याम्पल कम्पनीले पहिले नै केही प्रमुख क्लाइन्टहरूलाई पठाइसकेको छ। एआईमा लगानीको बलियो गतिका कारण सेमिकन्डक्टर बजारमा आगामी महिनाहरूमा निरन्तर वृद्धि हुने बताइएको छ । 

अर्को कोरियाली चिप कम्पनी एसके हाइनिक्सले पनि यसै हप्तामा ११.४ ट्रिलियन वोन (८ अर्ब डलर) को रेकर्ड अपरेटिङ प्रोफिटको घोषणा गरेको छ, र यसलाई पनि एआईको मागसँग जोडिएको बताएको छ। अघिल्लो त्रैमासिकमा स्टक (इन्वेन्टरी) मूल्य समायोजन र प्रविधि निर्यात प्रतिबन्धका कारण प्रभावित भएपछि, सामसुङको यो त्रैमासिक कम्पनीका लागि ठूलो फिर्ता सावित भएको छ।