कीवर्डहरू -

सामसङ नेपालद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ आयोजना, आधुनिक प्रविधिबाट पकाउने शैलीबारे प्रशिक्षण

सामसङ नेपालद्वारा ‘माइक्रोवेभ मास्टरक्लास’ आयोजना, आधुनिक प्रविधिबाट पकाउने शैलीबारे प्रशिक्षण

काठमाडौं । सामसङ नेपालले घरमै स्मार्ट र रमाइलो तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष 'माइक्रोवेभ मास्टरक्लास' सफलतापूर्वक आयोजना गरेको छ । शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यवसायिक शेफ निमेश उलकले सहभागीहरूलाई सामसङका आधुनिक माइक्रोवेभ प्रयोग गरी विभिन्न परिकार बनाउने विधि सिकाएका हुन् ।

मास्टरक्लासमा सहभागीहरूले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडलहरूको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए । कार्यक्रममा शेफ उलकले माइक्रोवेभ प्रविधिमार्फत खानाको स्वाद र पोषण कायम राख्दै छिटो र सजिलो तरिकाले कसरी पकाउन सकिन्छ भन्ने प्रदर्शन गरे ।

खाना तताउने र ग्रिल गर्नेदेखि बेकिङ र मल्टि-स्टेज कुकिङसम्मका सिर्जनात्मक सीपहरु सिक्दै सहभागीहरूले व्यस्त जीवनशैलीका लागि सामसङका उपकरणहरू कति उपयोगी छन् भन्ने जानकारी लिए । निःशुल्क दर्ताको व्यवस्था गरिएको यस कार्यक्रममा खाना पकाउन रुचि राख्ने गृहिणी, उत्साही युवा र प्रविधि प्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा सामसङ 'स्मार्ट थिंग्स' एपको समेत प्रत्यक्ष प्रदर्शन गरिएको थियो । सहभागीहरूले आफ्नो स्मार्टफोनमार्फत बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटर जस्ता घरेलु उपकरणहरूलाई कसरी लिङ्क गर्ने र दैनिक जीवनलाई कसरी सहज बनाउने भन्ने बारे व्यवहारिक ज्ञान प्राप्त गरे ।