सामसङ नेपालले सोमबार आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । नयाँ पुस्ताको सामसङ भिजन एआई प्रविधि सहितका यी टिभीहरूले नेपाली उपभोक्तालाई अझ स्मार्ट, व्यक्तिगत र जीवन्त मनोरञ्जन अनुभव दिने कम्पनीले जनाएको छ ।
सामसङको भिजन एआई प्रविधि तीन आधारभूत स्तम्भमा आधारित छ । यसमा भएको एआई मोड,ले वरिपरिको वातावरण र कन्टेन्टअनुसार तस्वीर र आवाजलाई वास्तविक समयमा मिलाउँछ । एआई एक्स्पीरीएन्सले प्रयोगकर्ताको रोजाइ सिकेर सेटिङ र कन्टेन्ट सुझावलाई व्यक्तिगत बनाउँछ र मल्टी–दिभाइस कनेक्टिभिटीले स्मार्टफोन, ट्याब्लेट वा अन्य उपकरणसँग सहज जडान गर्न सहयोग गर्छ ।
सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाका अनुसार भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। घरमै सिनेमाजस्तो अनुभव दिने यी टिभीहरूले प्रिमियम सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत पार्नेछ।
२०२५ को सामसङ क्युएलईडी लाइनअपमा युनिभर्सल जेस्चर कन्ट्रोल, जसले हातका इशारामार्फत रिमोटबिना टिभी सञ्चालन गर्न सकिन्छ । एआई अपस्केलिंगले कम रिजोलुसन कन्टेन्टलाई फोरकेमा रुपान्तरण गर्नेछ भने जेनरेटिभ वलपेपरले निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ । यस्तै पेट एन्ड फेमिली केर मोड, जसले बच्चा रोएको वा कुकुर भुकेको जस्ता अवस्थाहरू चिन्न सक्ने क्षमता समेटिएको छ ।
यी टिभीहरूमा सामसङ नक्स् प्लाटफर्ममार्फत डेटा सुरक्षा सुनिश्चित गरिएको छ । साथै, कम्पनीले ७ वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम अपग्रेड उपलब्ध गराउने घोषणा गरेको छ, जसले टिभीलाई भविष्य–प्रमाण बनाउने दाबी गरिएको छ।
ग्राहकहरूले नयाँ QLED टिभीहरू सामसङ इन्स्टा फाइनान्स सेवामार्फत मासिक ९ हजार ९२७ रूपैयाँबाट सुरु हुने ० प्रतिशत ब्याजदरमा ईएमआईमा प्राप्त गर्न सक्नेछन्।
यसबाहेक, नयाँ सामसङ टिभी खरिदमा उपभोक्ताले आफ्ना पुराना टिभीहरू नजिकैको आधिकारिक सामसङ स्टोरमा साटासाट योजना मार्फत प्रयोग गर्न सक्नेछन्।
मूल्य र उपलब्धता
सामसङ को २०२५को QLED TV लाइनअप अब नेपालभरिका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन्। यससँगै, उपभोक्ताहरूका लागि सामसङ ले नयाँ Crystal UHD, FHD र HD टिभीहरूको लाइनअप पनि QLED टिभीसँगै बजारमा ल्याएको छ।
Segment |
Inch |
Model Code |
Price |
QLED |
85" |
QA85Q7FAARSHE |
रु ३९९,९९० |
75" |
QA75Q7FAARSHE |
रु २८९,९९० |
|
65" |
QA65Q8FAARSHE |
रु २५५,९९० |
|
55" |
QA55Q8FAARSHE |
रु १८२,९९० |
|
UHD |
65" |
UA65U8500FRSHE |
रु १४५,९९० |
55" |
UA55U8500FRSHE |
रु ९९,९९० |
|
43" |
UA43U8500FRSHE |
रु ७४,९९० |
|
FHD |
43" |
UA43F5550FUXXL |
रु ५४,९९० |
HD |
32" |
UA32H4570FUXXL |
रु ३८,९९० |