कीवर्डहरू -

नेपाली बजारमा सार्वजनिक भयो सामङको एन्ट्री लेभल फोन ‘ग्यालेक्सी ए ०६’, यस्ता छन् सुविधा

नेपाली बजारमा सार्वजनिक भयो सामङको एन्ट्री लेभल फोन ‘ग्यालेक्सी ए ०६’, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङले ग्यालेक्सी ए ०६ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको ग्यालेक्सी ए ०६ स्मार्टफोन सार्वजनिक गरेको हो ।  

फोनलाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ, जुन तपाईंको हातमा आरामसँग फिट हुन्छ । डिभाइसमा पावरफुल ५० मेगापिक्सेल प्राइमरी क्यामेरा, २ मेगापिक्सेल डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीहरूको लागि यसमा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । 

यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ र यसले माइक्रो एसडीमार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्नेछ ।

मिडिया टेक हेलियो जी ८५ प्रोसेसरद्वारा संचालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र शेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सुविधा रहेको छ । 

ग्यालेक्सी ए ०६ मा सामसङ नक्स भोल्टको सुविधा पनि उपलब्ध गराइएको छ । यसले मोबाइलको हार्डवेयरलाई सुरक्षित बनाउने कम्पनीको दावी छ । प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्दछ । नयाँ साइड फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ४ जीबी र्‍याम र ५८ जीबी स्टोरेज भेरियन्टको मूल्य ग्यालेक्सी ए ०६ फोन भेरियन्टको १५ हजार ४९९ रूपैयाँ रहेको छ । 

यस्तै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य १७ हजार ४९९ रूपैयाँ तथा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको फोनको मूल्य १९ हजार ४९९ रूपैयाँ निर्धारण गरिएको छ । 

फोन किन्दा २५ वाटको एडाप्टर समेत निःशुल्क दिने सामसङको भनाइ छ । उपभोक्ताहरूले इन्स्टा फाइनान्समार्फत शुन्य प्रतिशत ब्याजदरमा किस्तामा समेत ग्यालेक्सी ए ०६ स्मार्टफोन खरिद गर्न सक्ने छन् ।  यो डिभाइस भदौ २३ गते देखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ ।