सामसुङले मंगलबार आफ्नो फ्ल्यागशिप स्मार्टफोनको पातलो संस्करण सामसङ ग्यालेक्सी एस २५ एज सार्वजनिक गरेको छ ।
स्मार्टफोन मात्र ५.८ मिलिमिटर पातलो छ भने तौल पनि १६३ ग्राम छ, जसले यसलाई बजारका सबैभन्दा पातला स्मार्टफोनमध्ये एक बनाएको छ ।
यसको सुरूवाती मूल्य १ हजार ९९ अमेरिकी डलर तोकिएको छ । मे ३० देखि बिक्री सुरु हुनेछ ।
यो नयाँ संस्करणको सार्वजनिक घोषणा सामसुङले यसै वर्षको जनवरीमा एस २५ सिरिजको वार्षिक फ्ल्यागशिप लन्च गरेपछि करिब चार महिनामै आएको हो ।
सामान्यतया, कम्पनीले वर्षको मध्यतिर आफ्ना नयाँ फोल्डेबल फोनहरू सार्वजनिक गर्ने गर्छ, त्यसैले यति चाँडो अर्को हाइ-एन्ड फोनको लन्च असामान्य मानिएको छ ।
यो कदमबाट दक्षिण कोरियाली प्रविधि कम्पनीले एस २५ सिरिजको सफलतालाई अझै उपयोग गर्ने लक्ष्य लिएको देखिन्छ ।
सामसङले गत महिना आफ्नो मोबाइल डिभिजनले वर्षको पहिलो त्रैमासमा राजस्व र मुनाफामा उल्लेखनीय वृद्धि गरेको जानकारी दिएको थियो, जुन एस २५ सिरिजको बलियो बिक्रीका कारण भएको हो ।