कीवर्डहरू -

बिग मार्टमा कार्डबाट भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

बिग मार्टमा कार्डबाट भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि बिग मार्टमा विशेष क्यास ब्याक उपलब्ध हुने गरी सम्झौता गरेको छ ।

यसअनुसार  बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी देशभरका १०७ वटा आउटलेटमा डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको छुट पाइनेछ । 

यो योजना पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुने बैंकले जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटिएमहरु संचालनमा रहेका छन् ।