कीवर्डहरू -

एससीटीको तिर्की दाउ ट्रायल अफर, डेबिट कार्डबाट कारोबार गर्दा ७७७ रूपैयाँसम्म क्यासब्याक

एससीटीको तिर्की दाउ ट्रायल अफर, डेबिट कार्डबाट कारोबार गर्दा ७७७ रूपैयाँसम्म क्यासब्याक

नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले  “तिर्की दाउः ट्रायल अफर” सार्वजनिक गरेको छ ।  

यस, अफर अन्तर्गत एससीटी युपिआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा ७७७ रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी युपिआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसंग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको  एससीटी युपिआई डेबिट कार्ड प्रयोग गरेमा १११ रूपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रूपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ रूपैयाँ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।  

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।