नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको मुटु पुल्चोकमा रहेको लबिम मलबिच एससीटी युनियन पे कार्डबाहकहरूका लागि प्रति घण्टा मात्र १ रूपैयाँमा पार्किङ सेवा सुरु भएको छ ।
यस सेवा अन्तर्गत एससीटी युनियन पे कार्डबाहकहरूले लबिम मल, पुल्चोकको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रति घण्टा मात्र १ रूपैयाँको दरले पार्किङ सुविधा लिन सक्नुहुनेछ ।
यस सुविधा लिनका लागि ग्राहकलेआफ्नो एससीटी युनियन पे कार्डबाट लबिम मलको पार्किंग रहेको पस मेसिनमा आफ्नो पार्किङ अवधि अनुसार प्रति घण्टा मात्र १ रूपैयाँको दरले भुक्तानी गर्नु पर्नेछ । भदौ १६ गतेदेखि सुरू भएको यो सेवा सेप्टेम्बर महिना भर लागु हुनेछ ।
एससीटी युनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ । एससीटी युनियन एससीटी युनियन पे कार्डबाहकहरूले आगामी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।