कीवर्डहरू -

एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट

एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटीबिच एससीटी युपिआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।  

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससीटी युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट एइक् मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत क्ऋत्(ग्एक्ष् कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिने छ ।