कीवर्डहरू -

राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै बल्क एसएमएस पठाउने एक जना व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति निर्देश सेढाईंलाई काठमाडौंको हात्तीसारबाट पक्राउ गरेको हो। 

चितवन घर भएका ३४ वर्षीय सेढाईंलाई सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान गरिने उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख एसएमएस पठाएका थिए । 

उनले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेका थिए।

निषेधित क्षेत्रमा अनिश्चित कालसम्म उपस्थित हुन आग्रह गरिएको भन्दै प्रहरीले उक्त कार्यलाई सार्वजनिक हितविरुद्धको गतिविधि मानेर अनुसन्धान अघि बढाएको जनाएको छ।