कीवर्डहरू -

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित हुने भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बसेको थियो । 

तर प्राविधिक तयारी नपुगेकाले बिहीबार बिहान मात्र नतिजा सार्वजनिक हुने भएको हो । बिहीबार बिहान ७ बजे बोर्ड बैठक बोलाइएको छ । गत चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । 

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ भने ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्नेछ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याए पुग्ने छ । 

एसएमएस वा कलबाट कसरी थाहा पाउने एसईईको नतिजा ? 

एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमबाट १६०० मा कल गरेर वा एसमएस पठाएर नतिजा हेर्न सकिने छ ।

यस्तै स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५, जानकी टेक्नोलोजीको ३५००१, इजी सर्भिसको ३४९४९ र आकाश टेकको ३१००३ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिने छ । 

एसएमएसबाट नतिजा थाहा पाउन सुरूमा आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् । त्यसपछि नयाँ म्यासेज लेख्ने ठाउँमा जानुहोस् र SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 1600, 34455, 35001, 34949 र 31001 मा एसएमएस पठाउनुहोस् । 

वेबसाइट र मोबाइल एपबाट नतिजा हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, स्विफ्ट टेक्नोलोजीको वेबसाइट, इडियु संजालको वेबसाइट, कान्तिपुर पब्लिकेशनको वेबसाइटबाट नतिजा थाहा पाउन सकिने छ । 

यस बाहेक खल्तीको एप, इसेवा, फोनिक्स एजुकेशनको वेबसाइट र एनसेलको एपबाट नतिजा थाहा पाउन सकिने छ । 

null