माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । केही समय अगाडि बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
यस वर्ष २०८१ चैत ७ गतेदेखि एसईईको परीक्षा सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । एसईईमा यस वर्ष ६१.८१ प्रतिशत पास अर्थात ग्रेडे भएका छन् ।
एसईईको नतिजा एसएमएस, आईभीआर, वेबसाइट र मोबाइल एप जस्ता विभिन्न तरिकाबाट हेर्न सकिने छ ।नतिजा सार्वजनिक भएपनि, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्न सक्छ।
यस्तै विद्यालयले seeadmin.ntc.net.np मा विद्यालयको कोड, सिम्बोल नम्बर र जन्म मिति हालेर एसईईको लेजर हेर्न सक्ने छन् । सबै विवरण लेजरमा अपलोड हुन केही दिन लाग्न सक्ने बोर्डले जानकारी दिएको छ ।
नेपाल टेलिकमको वेबसाइटमार्फत सम्पूर्ण ग्रेडसिटसहितको नतिजा हेर्न सकिनेछ। तर, यसमा केही समय लाग्न सक्छ।
त्यसैगरी, अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट केवल प्राप्त जिपीए (जीपीए) मात्र तुरुन्तै हेर्न सकिनेछ।
एसएमएस वा कलबाट कसरी थाहा पाउने एसईईको नतिजा ?
एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमबाट १६०० मा कल गरेर वा एसमएस पठाएर नतिजा हेर्न सकिने छ ।
यस्तै स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५, जानकी टेक्नोलोजीको ३५००१, आकाश टेकको ३१००३ र अल स्टारको ३४९४९ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिने छ ।
एसएमएसबाट नतिजा थाहा पाउन सुरूमा आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् ।
त्यसपछि नयाँ म्यासेज लेख्ने ठाउँमा जानुहोस् र SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 1600, 34455, 35001, 34949 र 31001 मा एसएमएस पठाउनुहोस् ।
वेबसाइट र मोबाइल एपबाट नतिजा हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, स्विफ्ट टेक्नोलोजीको वेबसाइट, इडियु संजालको वेबसाइट, कान्तिपुर पब्लिकेशनको वेबसाइटबाट नतिजा थाहा पाउन सकिने छ ।
यस बाहेक खल्तीको एप, इसेवा, फोनिक्स एजुकेशनको वेबसाइट, कलेज इन्फोको वेबसाइट द कनेक्ट प्लसको वेबसाइट,बाह्रखरी मिडियाको वेबसाइट, कलेजेज नेपालको वेबसाइट, एनसेल एप, निमा एजुकेसनको वेबसाइट, र माई पेको वेबसाइटबाट हेर्न सकिने छ ।