कीवर्डहरू -

एसईईको नतिजा चित्त नबुझे अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सकिने

एसईईको नतिजा चित्त नबुझे अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सकिने

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने छ । 

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक एसईईको नतिजामा नबुझेको खण्डमा अनलाइनबाटै रिटोटलिङको निवेदन दिने व्यवस्था गरेको हो । 

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ । त्यस्तै नतिजा नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यस वर्षको एसईईको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका हुन् । 

२ विषयसम्म अनुत्तिर्ण (नन ग्रेड) भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने छन् ।