माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार अर्थात आज सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशन बारे निर्णय गर्न अबको केही बरेमा राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाइएको छ ।
बोर्ड बैठकले निर्णय गरेपछि आज नतिजा सार्वजनिक हुनेछ । २०८१ चैत ७ गतेदेखि एसईईको परीक्षा सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
एसईईको नतिजा एसएमएस, आईभीआर, वेबसाइट र मोबाइल एप जस्ता विभिन्न तरिकाबाट हेर्न सकिने छ ।
एसएमएस वा कलबाट कसरी थाहा पाउने एसईईको नतिजा ?
एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने छ । नेपाल टेलिकमबाट १६०० मा कल गरेर वा एसमएस पठाएर नतिजा हेर्न सकिने छ ।
यस्तै स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५, जानकी टेक्नोलोजीको ३५००१, आकाश टेकको ३१००३ र अल स्टारको ३४९४९ मा एसएमएस पठाएर नतिजा थाहा पाउन सकिने छ ।
एसएमएसबाट नतिजा थाहा पाउन सुरूमा आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् ।
त्यसपछि नयाँ म्यासेज लेख्ने ठाउँमा जानुहोस् र SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 1600, 34455, 35001, 34949 र 31001 मा एसएमएस पठाउनुहोस् ।
वेबसाइट र मोबाइल एपबाट नतिजा हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, स्विफ्ट टेक्नोलोजीको वेबसाइट, इडियु संजालको वेबसाइट, कान्तिपुर पब्लिकेशनको वेबसाइटबाट नतिजा थाहा पाउन सकिने छ ।
यस बाहेक खल्तीको एप, इसेवा, फोनिक्स एजुकेशनको वेबसाइट, कलेज इन्फोको वेबसाइट द कनेक्ट प्लसको वेबसाइट,बाह्रखरी मिडियाको वेबसाइट, कलेजेज नेपालको वेबसाइट, एनसेल एप, निमा एजुकेसनको वेबसाइट, र माई पेको वेबसाइटबाट हेर्न सकिने छ ।