कीवर्डहरू -

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश

हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ । 

सेमिफाइलनमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको अन्तिम चरणमा पुग्न प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीको मूल्यांकनका लागि ६ जनाको मूल्यांकन समिति रहेको थियो, जसमा लुकेको लका संस्थापक सुरज तिमल्सिना, ईका कोम्बुचा संस्थापक अमित क्षेत्री, आइटी उद्योगकी शिक्षिका सङ्गीता शर्मा, गोल्डेन फिडेलिटीका सीईओ मनिष देवकोटा, र सुभ यात्राका सीईओ दर्शन खनाल थिए । 

सेमिफाइनलमा कुल १४ वटा टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले विश्वव्यापी चुनौतीहरूको समाधान गर्ने आफ्ना अनौठा र सृजनात्मक विचार प्रस्तुत गरेका थिए । 

प्रस्तुतिपछि निर्णायकहरूले पाँच वटा टोलीहरूलाई अन्तिम चरणका लागि छनोट गरेका छन् । फाइनलमा ब्रेथबक्स, फिल्टर फिक्चर्स, न्युट्रिनेस्ट, मिरा  र सिनर्जी पुगेका छन् । कार्यक्रममा फाइनलिस्ट टोलीहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।