नेपालको लोकप्रिय अनलाइन मिडिया सेतोपाटीको युट्युब च्यानल ह्याक भएको छ । सेतोपाटीले च्यानल ह्याक भएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘प्रिय पाठकहरू, सेतोपाटीको युट्युब च्यानल ह्याक भएकाले असान्दर्भिक सामग्रीहरू प्रसारण भइरहेको जानकारी गराउँछौं । हामी समस्या समाधानको प्रयास गरिरहेका छौं ।’
अपरिचित ह्याक समूहले च्यानल कब्जामा लिएर अहिले क्रिप्टोकरेन्सीको प्रचार गरिरहेको छ । च्यानलमा ३ लाख ७४ हजार सब्सक्राइबर रहेका छन् । च्यानलको नाम परिवर्तन गरेर रिप्पल राखिएको छ ।