नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ ।
सो अफर २०८० फागुन ६ देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।
यस अनुसार नेपाल टेलिकमले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ ।
साविक बमोजमको ३० दिनसम्म चलाउन मिल्ने १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।
एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेज र कम्बो प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।
यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।
आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट सेवाग्राहीले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।