सीपालु सोलुसनले ‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक गरेको छ । सीपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर हो, जसले विद्यालय, कलेज तथा विश्वविद्यालयका प्रशासनिक र शैक्षिक कार्यहरूलाई सहज, द्रुत र व्यवस्थित बनाउने उद्देश्य राखेको छ ।
यसमा विद्यार्थी तथा शिक्षक विवरण व्यवस्थापन, उपस्थिती प्रणाली, रुटिन निर्माण, शिक्षण सामग्री र असाइनमेन्ट व्यवस्थापन, आन्तरिक मूल्यांकन र अंक व्यवस्थापन जस्ता विविध सुविधा समावेश छन् । कम्पनीका अनुसार, यस सफ्टवेयरले शैक्षिक संस्था सञ्चालनमा उच्च कार्यदक्षता र पारदर्शिता ल्याउनेछ ।
यससँगै कम्पनीले आफ्नो नयाँ शाखा सीपालु हार्डटेक सुरू गरेको छ । यसले आधुनिक प्रविधिमा आधारित स्मार्ट क्लासरूम र प्रयोगशाला निर्माणमा काम गर्नेछ ।
यस अन्तर्गत कम्प्युटर ल्याब, नेटवर्क ल्याब, एआई ल्याब, इनक्युबेशन ल्याब, तथा स्मार्ट सिकाइ वातावरण विकासमा सहयोग पुर्याइने छ। कम्पनीले यस पहलमार्फत विद्यार्थी र शिक्षकलाई प्रविधिसँग अझ नजिक ल्याई गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
यस बाहेक सीपालु सोलुसनले सीपालु सफ्टटेक पनि सुरू गरेको छ । यसले सफ्टवेयर विकास, वेब विकास, मोबाइल एप विकास, डिजिटल मार्केटिङ लगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्नेछ । कम्पनीका सिटिओ आशिष गौतमका अनुसार, सफ्टटेक शाखाले सिपालुको नीति र गुणस्तरीय कार्यशैलीअनुसार सेवा सञ्चालन गर्नेछ।
यस्तै कम्पनीका सिईओ इ. दीपेश न्यौपानेले सिपालु सोलुसनको मुख्य उद्देश्य नेपालका शिक्षण संस्था र व्यवसायहरूलाई नवीनतम प्रविधि र स्मार्ट इनोभेशनमार्फत सशक्त बनाउने रहेको बताए । ‘हामी डिजिटल ट्रान्सफर्मेशन र स्मार्ट इनोभेशनमा विश्वास राख्छौं। हाम्रो सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ,’ उनले भने । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      