कीवर्डहरू -

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

नेपाल एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

योसँगै ग्राहकहरूले नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरूमार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।  

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।