एफवान सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । यसअघि ग्रुपको अध्यक्षमा कम्पनीका संस्थापक विश्वास ढकाल कार्यरत थिए ।
२१ औं वार्षिकोत्वसको अवसरमा लिंक्डइनमार्फत विश्वास ढकालले एफवान सफ्ट ग्रुपको अध्यक्ष पद सिद्धान्त ठकुरीले सम्हाल्ने जानकारी दिएका हुन् ।
एफवान सफ्ट सबैले मिलेर निर्माण गरेको इन्नोभेसन, स्वामित्व र प्रभावको संस्कृति भएको बताउँदै ढकालले ठकुरीको नेतृत्वमा एफवान सफ्ट अर्को नयाँ चरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
यो नयाँ परिवर्तनले एफवान सफ्ट अझै अझ तीव्र गतिमा अघि बढ्ने, विस्तारित हुने र फिनटेकलाई नयाँ तरिकाले परिभाषित गर्ने उनको भनाइ छ ।
सिद्धान्त ठकुरी यसअघि एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यरत थिए ।