कीवर्डहरू -

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ मार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने छन् । उक्त कर्जाको अवधि ५ वर्ष रहेको छ ।

सिद्धार्थ बैंकले यस सम्झौता मार्फत दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।