के तपाईँले कल गर्दा कल आफैँ काटिन्छ? कहिलेकाहीँ नेटवर्क फुल भएको भए पनि कल गर्न समस्या आउँछ।
यो केवल नेटवर्कको समस्या होइन, तपाईँको उपकरणका केहि सेटिङ्स वा कुनै मोड अन भएकाले कल क्वालिटी बिग्रिएको हो, जुन तपाईँलाई थाहा नहुन सक्छ।
यदि तपाईँलाई पनि यस्तै समस्या आइरहेको छ भने, आज हामी यसलाई कसरी समाधान गर्ने र किन नेटवर्क फुल हुँदा पनि यस्तो समस्या आउँछ भन्ने बताउनेछौँ।
ब्याट्री सेभर मोड
फोनमा दिनभर ब्याट्री सेभर मोड अन राख्दा ब्याट्री लामो समयसम्म टिक्छ। यो सत्य हो, तर यसले फोनको प्रदर्शन घटाउँछ। ब्याट्री सेभर मोडले ब्याकग्राउन्डमा चलिरहेका धेरै सर्भिसहरू बन्द गर्ने हुनाले कल क्वालिटीमा पनि असर पर्छ।
यदि तपाईँले गल्तीले ब्याट्री सेभर मोड अनै नै छोड्नुभएको हो भने, अहिलै सेटिङ्समा गएर यसलाई अफ गर्नुहोस्। ब्याट्री बचाउने सही समय बाहेक यो मोडको बेवजह प्रयोगले कल क्वालिटी बिग्रन सक्छ।
फाइभजी वा वाई-फाइ कलिङ
देशका कतिपय क्षेत्रमा अझै ५जी कनेक्टिविटी छैन, जसले गर्दा उपकरण नेटवर्कलाई ५जी र ४जी बीच स्विच गरिरहँदा कल क्वालिटीमा समस्या आउँछ। कहिलेकाहीँ कलमा आवाज सुनिन्छ, कहिलेकाहीँ नेटवर्क स्विच गर्दा केही सेकेन्डको लागि आवाज बन्द हुन्छ।
यसैले, तपाईँको क्षेत्रको नेटवर्क कस्तो छ हेरेर उपकरणलाई फाइभजी वा फोरजीमा सेट गर्नुहोस्। यदि नेटवर्कको समस्या धेरै छ भने वाई-फाइ कलिङ प्रयोग गर्नुहोस।
फोन अपडेट
कहिलेकाहीँ स्मार्टफोनमा कुनै बगका कारण कलमा समस्या आउँछ। सिग्नल राम्रो हुँदाहुँदै कल आफैँ कट हुन्छ वा आवाज स्पष्ट सुनिंदैन। यसको कारण सफ्टवेयरमा समस्या हुन सक्छ।
त्यसैले सबैभन्दा पहिले उपकरणलाई पुरै अपडेट गर्नुहोस्। सेटिङ्स → जेनेरल → सफ्टवेयर अपडेट मा गएर अपडेट गर्न सक्नुहुन्छ। यसले धेरै हदसम्म समस्या समाधान गर्छ।