कीवर्डहरू -

स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका

स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ आयोजना गर्ने भएको छ । 

‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ भन्ने थिममा स्किल स्पार्कले स्किल स्पार्क च्याम्पियनशीप भिडियो प्रतियोगिता गर्न लागेको हो । 

क्रियटिभ व्यक्तिहरूलाई एउटा राष्ट्रियस्तरको प्लेटफर्म प्रदान गर्ने र समाजमा केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित भिडियो प्रतियोगिता आयोजना गर्न लागेको स्किल स्पार्ककी संस्थापक तथा सीईओ सिर्जना झाले जानकारी दिइन् । 

यस प्रतियोगितामा सहभागी हुन् ‘एक शिक्षित महिला, एक रूपान्तरित राष्ट्र’ थिममा कम्तिमा १ मिनेट र बढीमा ३ मिनेटसम्मको भिडियो बनाउन सकिने छ । 

भिडियो एकल वा समूहको सहभागीता बनाउन सकिने छ । तर एउटा टिममा १ देखि ४ जना मात्रै रहन पाइने छ । भिडियो बनाएपछि सुरूमा  [email protected], [email protected] इमेलमार्फत स्किल स्पार्कलाई पठाउनु पर्नेछ । 

उक्त भिडियो स्किल स्पार्कले स्वीकृत गरेपछि बनाउने व्यक्ति वा समूहले कम्तिमा ३ वटा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा राख्नुपर्नेछ भने स्किल स्पार्कले पनि आफ्नो सामाजिक सञ्जालमा राख्ने छ ।

देशभरबाट प्राप्त भिडियोहरू मध्येबाट जुरी समितिले उत्कृष्ट १० भिडियो छनौट गर्नेछ । जुरी समितिले भिडियोको गुणस्तर, रिच, भ्यूज र थिमसँगको अलाइमेन्टलाई ध्यानमा राखेर मूल्यांकन गर्ने स्किल स्पार्कले जनाएको छ ।

संस्थाका अनुसार भिडियो बनाउने उत्कृष्ट १० व्यक्ति वा समूहलाई काठमाडौं बोलाइने छ । काठमाडौंमा उनीहरूले भिडियो बनाउँदा खेरिको अनुभवसहितको एउटा प्रस्तुती दिनुपर्नेछ । 

प्रस्तुती दिएपछि उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था रहेको छ । यस अन्तर्गत पहिलो हुनेलाई ५० हजार नगद र स्किल स्पार्कका हरेक आईटी कोर्षमा ५० प्रतिशत छुट प्रदान हुनेछ । 

त्यस्तै दोस्रो हुनेलाई ३५ हजार रूपैयाँ नगद र कोर्षमा ३५ प्रतिशत छुट मिल्नेछ भने तेस्रो हुनेलाई २० हजार नगद र कोर्षमा २० प्रतिशत छुट मिल्ने छ । 

काठमाडौंमा सहभागी हुने अन्यलाई पनि प्रमाणपत्रका साथै स्किल स्पार्कका कोर्षमा विशेष छुट प्रदान गरिने बताइएको छ । साथै काठमाडौं उपत्यकाबाट आउनेलाई काठमाडौंमा खाना र बस्नको व्यवस्था समेत स्किल स्पार्कले नै गर्नेछ । फाइनल कार्यक्रम आगामी जेठ ३० गते सञ्चालन हुनेछ । 

यदी तपाई पनि स्किल स्पार्कको स्किल स्पार्क च्याम्पियनशीपमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर नाम दर्ता गर्न सकिने छ । नाम दर्ता गरेपछि वैशाख ३० गतेसम्म भिडियो पठाउन सकिने छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् । 

साथै स्किल स्पार्कले यस कार्यक्रममा विभिन्न संघसंस्थाहरूलाई पनि सहकार्यका लागि आह्वान गरेको छ । साथै प्रतियोगिता बारे थप जानकारी यहाँ क्लिक गरेर लिन सकिने छ । 

स्किल स्पार्कको ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ कार्यक्रमको यो पहिलो संस्करण हो । अबदेखि हरेक वर्ष फरक फरक थिममा यो प्रतियोगिता आयोजना हुनेछ ।