कीवर्डहरू -

स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक

स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक

स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक गरिएको छ ।

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था स्किल स्पार्कले यस वर्षदेखि सुरू गरेको स्किल स्पार्क च्यान्पियनसीपमा विभिन्न चरण हुँदै उत्कृष्ट १४ जनाको नाम सार्वजनिक गरिएको हो ।  

‘An Educated Women, A Transformed Nation’ भन्ने विषयमा स्किलस्पार्क च्याम्पियनसीप २०२५ भिडियो प्रतियोगिता सुरू गरिएको थियो । 

प्राप्त भिडियोहरूबाट निर्णायक समितिले उत्कृष्ट १४ टिम छनौट गरेको हो । 

१४ टिममा टिम द शर्मा स्टुडियो, राइज चेतना, टिम आशा, टिम कुशुम रेग्मी, टिम प्रशान्त सापकोटा, टिम नमस्ते, टिम प्रकाश थापा, टिम सोसल आन्ट्स, टिम बटरफ्लाई, टिम निशु जोशी, टिम स्मृति बसेल, टिम प्रतिभा, टिम भिज्युअल भाइव, टिम सनम संस्कार रहेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिक २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ ।