कीवर्डहरू -

कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द

कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द

कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ देखि सधैंका लागि बन्द भएको हो । 

सन् २००३ मा निकलस जेनस्ट्रोम र जानस फ्रिसले स्काइपको सुरूवात गरेका थिए । सुरूमा इन्टरनेटमार्फत फोन कल गर्न दिने सेवा थियो । पछि यसले भिडियो कल र निजी सन्देश पठाउने सुविधा पनि उपलब्ध गराएको थियो । 

कुनै समय स्काइपका ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए । सन् २००५ मा ईबेले स्काइपलाई २.६ अर्ब डलरमा किनेको थियो । पछि सन् २००९ मा ईबेले पनि लगानीकर्ताहरूको समूहलाई बेचेको थियो । 

अनि ती लगानीकर्ताहरूले पनि माइक्रोसफ्टलाई बेचेका थिए । तर पछिल्ला वर्षहरूमा स्काइका प्रयोगकर्ताको संख्या घट्दै गएका थिए । किनभने यसलाई जुम, ह्वाट्सएप, स्ल्याक जस्ता प्रतिस्पर्धीले टक्कर दिइरहेका थिए ।

प्रतिस्पर्धामा टिक्न नसकेपछि माइक्रोसफ्टले स्काइप बन्द गर्ने निर्णय लिएको हो । सन् २०२० मा करिब ४ करोड प्रयोगकर्ता भएको स्काइपको प्रयोगकर्ता संख्या सन् २०२३ मा ३.६ करोडमा झरेको थियो ।

अब स्काइप प्रयोगकर्ताले अब सबै च्याट र कन्ट्याक्टहरूहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्ने माइक्रोसफ्टले जानकारी दिएको छ ।