कीवर्डहरू -

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्रदान गर्नका लागि स्मार्टदाइ एप सार्वजनिक भएको छ । इलेक्ट्रिसियनदेखि क्लिनिङसम्मको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्टदाइ सञ्चालनमा आएको हो । 

स्मार्टदाइबाट सजिलै इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङमेसिन, फिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्राप्त गर्न सकिने छ ।  

यस एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने कम्पनीले जनाएको छ । उक्त एप्लिकेसन प्लेस्टोर तथा एपस्टोर सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिन्छ । साथै www.smartdai.com वेबसाइटबाट पनि सेवा प्राप्त गर्न सकिने छ ।

यस एप्लिकेसनको प्रयोगबाट विशेष गरी शहरी क्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवाप्रवाहलाई छिटो, छरितो बनाई प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

स्मार्टदाई एपलाई निरन्तर रुपमा परीमार्जन गरी प्रयोगकर्ता मैत्री र विस्वसनीय बनाउदै गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । स्मार्टदाइ एप २०८० सालमा स्थापना भएको स्मार्ट दाई लिमिटेडले विकास गरेको हो ।