कीवर्डहरू -

स्मार्टफोन स्क्रिन गार्ड: सुरक्षाका साथ संभावित जोखिमहरूको खुलासा

स्मार्टफोन स्क्रिन गार्ड: सुरक्षाका साथ संभावित जोखिमहरूको खुलासा

स्मार्टफोनको स्क्रीन यसको सबैभन्दा महत्वपूर्ण भाग हो, किनभने स्क्रिनबिना स्मार्टफोन प्रयोग गर्न गाह्रो हुन्छ । स्क्रिन गार्डको प्रयोग सामान्यतया स्मार्टफोनको स्क्रिनलाई स्क्रयाच, धुलो, र अन्य बाह्य क्षतिबाट बचाउनका लागि गरिन्छ । जब कसैले नयाँ स्मार्टफोन किन्छ, उसले त्यसको सुरक्षाका लागि टेम्पर्ड ग्लास वा स्क्रिन गार्ड लगाउन मन पराउँछन् । सम्भवतः तपाईँले पनि यसो गर्नुभएको होला, तर यो बुझ्न आवश्यक छ कि स्क्रिन गार्ड लगाउँदा गरिएको सानो–छोटो लापरबाहीले तपाईँको स्मार्टफोनको स्क्रिन र अनुभवमा असर पार्न सक्छ । 

टच रिस्पोन्समा कमी 

स्क्रिन गार्डको मोटाइ र गुणस्तरले स्मार्टफोनको टच स्क्रिनको संवेदनशीलतामा असर गर्न सक्छ । स्क्रिन गार्ड लगाउँदा टच रिस्पोन्स ढिलो हुन्छ, जसले गर्दा स्क्रिनमा दिइएका आदेशहरू ठीकसँग काम गर्दैनन् । गेम खेल्न वा छिटो टाइप गर्न जस्ता कार्यहरूमा समस्या आउन सक्छ । कम गुणस्तरको स्क्रिन गार्डले टच अनुभवलाई झन् बिगार्न सक्छ। 

स्क्रिनको वास्तविक गुणस्तर 

स्क्रिन गार्ड लगाउँदा स्मार्टफोनको स्क्रिनको वास्तविक चमक र रङहरू प्रभावित हुन सक्छ । स्क्रिन गार्डले स्क्रिनको ब्राइटनेस कम गर्न सक्छ, जसले गर्दा डिस्प्ले फिक्का देखिन्छ । स्क्रिनमा रङहरू त्यति जीवन्त देखिँदैनन्, जति स्क्रिन गार्ड नलगाउँदा देखिन्छन् । विशेष गरी सस्ता स्क्रिन गार्डहरूले डिस्प्ले गुणस्तरमा बढी असर गर्छन् । 

स्क्रिन गार्डमा बबल्स र धुलो जम्न 

स्क्रिन गार्ड लगाउँदा हावाका बबल्स वा धुलोका कण गार्डको तल अड्किन सक्छन् । यसको ख्याल गर्नुपर्छ । स्क्रिनमा बबल्स हुनु स्क्रिन हेर्ने र टच गर्ने अनुभवलाई बिगार्छ । समयसँगै यी बबल्सका कारण गार्ड फुस्कन सक्छ, जसले फोनको स्क्रिनलाई क्षति पु¥याउन सक्छ । स्क्रिनमा धुलो र फोहोर जम्दा स्क्रयाच लाग्ने जोखिम बढ्छ । 

ओलेओफोबिक कोटिङलाई क्षति 

अधिकांश स्मार्टफोन स्क्रिनमा एक ओलेओफोबिक कोटिङ हुन्छ, जसले औँलाका दाग र तेलका चिन्हलाई रोक्छ । स्क्रिन गार्ड पटक–पटक लगाउन र हटाउनाले यस कोटिङलाई क्षति पुग्न सक्छ । कोटिङ हटेपछि स्क्रिनमा औँलाका दागहरू बढी देखिन्छन् र यसलाई सफा गर्न गाह्रो हुन्छ । 

 स्क्रिन गार्डको सामग्रीले रेडियसन र गर्मी बढाउन सक्छ 

कम गुणस्तरका स्क्रिन गार्डहरू प्रायः यस्ता सामग्रीबाट बनेका हुन्छन्, जसले गर्मीलाई सही तरिकाले रोक्न सक्दैनन् । फोन लामो समयसम्म प्रयोगमा रहँदा बढी तात्न सक्छ । स्क्रिन गार्डले रेडियसन र अन्य इलेक्ट्रोम्याग्नेटिक प्रभावलाई पनि बढाउन सक्छ ।