कीवर्डहरू -

स्मार्टवाच वा स्मार्ट रिङ : सही उपकरण छनोट गर्न यी कुराहरुमा ध्यान दिनुहोस्

स्मार्टवाच वा स्मार्ट रिङ : सही उपकरण छनोट गर्न यी कुराहरुमा ध्यान दिनुहोस्

यदि तपाईं स्मार्टवाच वा स्मार्ट रिङ किन्न योजना गरिरहनुभएको छ र कुन उपकरण छनोट गर्ने भन्ने विषयमा द्विविधामा हुनुहुन्छ भने, यो लेख तपाईंको लागि उपयोगी साबित हुन सक्छ । हामी तपाईंको यो संकोच हटाउन मद्दत गर्नेछौं । स्मार्टवाच र स्मार्ट रिङ दुवै यस्ता वेयरेबल उपकरण हुन्, जसले हाम्रो दैनिक गतिविधि र स्वास्थ्यलाई ट्र्याक गर्न डिजाइन गरिएका हुन्छन्। यी दुवै उपकरणका आफ्नै फाइदा र बेफाइदा छन् । आउनुहोस्, यी दुईका बीचको फरकको बारेम जानौँ । 

स्मार्टवाच

डिजाइन – स्मार्टवाच साधारण घडीहरूको तुलनामा उत्कृष्ट हुन्छ । यसमा ठूलो स्क्रिन हुन्छ, जसमा तपाईं नोटिफिकेशन, मेसेज, र अन्य जानकारी हेर्न सक्नुहुन्छ ।

फिचरहरू – स्मार्टवाचमा धेरै प्रकारका फिचरहरू पाइन्छन्, जस्तैः कल गर्ने र रिसिभ गर्ने सुविधा, मेसेजको जवाफ दिने सुविधा, फिटनेस ट्र्याकिङ, हार्ट रेट मोनिटरिङ, स्लीप ट्र्याकिङ, न्एक् लगायतका फिचरहरू ।

ब्याट्री लाइफ – स्मार्टवाचको ब्याट्री लाइफ सामान्यतः एक दिनदेखि केही दिनसम्म हुन्छ । यो स्मार्टवाचको मोडेलअनुसार फरक हुन्छ ।

मूल्य – स्मार्टवाचको मूल्य ब्रान्डअनुसार फरक–फरक हुन्छ ।

स्मार्ट रिङ

डिजाइन – स्मार्ट रिङ एउटा साधारण औंठी जस्तै देखिन्छ र औंलामा लगाइन्छ । यसमा सानो स्क्रिन वा कुनै स्क्रिन नै हुँदैन् ।

फिचरहरू – स्मार्ट रिङमा सामान्यतया फिटनेस ट्र्याकिङ, हार्ट रेट मोनिटरिङ, स्लीप ट्र्याकिङ, र नोटिफिकेशनजस्ता फिचरहरू पाइन्छन् । केही स्मार्ट रिङमा एडभान्स फिचरहरू पनि हुन्छन् ।

ब्याट्री लाइफ – स्मार्ट रिङको ब्याट्री लाइफ स्मार्टवाचको तुलनामा लामो हुन्छ र यो धेरै दिन वा हप्तासम्म चल्न सक्छ ।

मूल्य – स्मार्ट रिङको मूल्य पनि फरक–फरक आधारमा निर्भर गर्छ ।

कुन उपकरण उपयुक्त छ?

यदि तपाईं ठूलो स्क्रिन र धेरै प्रकारका फिचरहरू चाहनुहुन्छ भने स्मार्टवाच तपाईंको लागि उपयुक्त विकल्प हुन सक्छ । तर, यदि तपाईं सानो र गोप्य देखिने उपकरण खोजिरहनुभएको छ, जुन मुख्यतः फिटनेस ट्र्याकिङका लागि प्रयोग गर्न सकिन्छ भने, तपाईंले स्मार्ट रिङको बारेमा सोच्न सक्नुहुन्छ ।