कीवर्डहरू -

स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने

स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने

सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।

कम्पनीले अबदेखि ५ जीबीभन्दा बढी मेमोरिज सुरक्षित गर्ने प्रयोगकर्ताका लागि भुक्तानी योजनाहरू ल्याएको हो। 

नयाँ योजनाअनुसार मासिक १.९९ अमेरिकी डलर तिरेर १०० जीबीसम्म, स्न्यापच्याट प्लस सदस्यता (३.९९ डलर) मा २५० जीबीसम्म र प्लाटिनम सदस्यता (१५.९९ डलर) मा ५ टेराबाइटसम्म भण्डारण सुविधा पाउने व्यवस्था गरिएको छ। 

स्न्यापले ५ जीबी नाघेका प्रयोगकर्तालाई एक वर्षको अस्थायी भण्डारण सुविधा दिने जनाएको छ। यसअघि नै कम्पनीले लेन्स प्लस  नामक ९ डलर मासिक लागतको अर्को भुक्तानी सेवा पनि सार्वजनिक गरेको थियो।