कीवर्डहरू -

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला, क-कसले दिन पाउँछन् आवेदन ?

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला, क-कसले दिन पाउँछन् आवेदन ?

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । 

समाजको डिजिटल रूपान्तरणमा काम गरिरहेका एकेडेमीया, सरकार, विकास साझेदार तथा गैरनाफामुलक संस्थाका आइसिटी प्रोजेक्टले यसमा आवेदन दिन सक्नेछन् । 

आर्थिक वर्ष २०७६/७७ देखि सञ्चालनमा आएका कृषि, शिक्षा, जनस्वास्थ्य, जलवायु परिवर्तन, कनेक्टिभिटी, सार्वजनिक अधिकार संरक्षण, समावेशीता लगायतका क्षेत्रमा काम गरिरहेका आइसिटी प्रोजेक्टले आवेदन दिन आयोजक संस्था लिभिङ विथ आइसिटीले जनाएको छ । 

यदी तपाईको संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने डिजिटल प्रोजेक्टमा काम गरिरहनु भएको छ भने यहाँ क्लिक गरी आवेदन दिन सक्नुहुनेछ । 

नेपालको सूचना तथ सञ्चार प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डले यस वर्ष सोसल इन्नोभेसनसहित १४ विधामा आवेदन खुलाइसकेको छ । 

यदी तपाईले कुनै स्टार्टअप गरिरहनु भएको छ वा सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएको छ भने यहाँ क्लिक गरेर समेत इच्छकु विधामा आवेदन दिन सक्नुहुनेछ ।