कीवर्डहरू -

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट चलाउन नपाइने, शेयर र मेन्सनमा पनि रोक

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट चलाउन नपाइने, शेयर र मेन्सनमा पनि रोक

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न नपाइने भएको छ । 

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ मा निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । 

यस्तै एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने भ्रामक सुचना सम्प्रेष्ण, दुष्प्रचार, अपमान, हेटस्पीच जस्ता भ्रामक टिका टिप्पणी पनि गर्न नपाइने आचारसंहितमा लेखिएको छ । 

यस बाहेक प्रकाशन वा प्रसारण भएको सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने गरी शेयर, मेन्सन, रिपोष्ट, कमेन्ट, लाइभस्ट्रिमिङ गर्न पाइने छैन् । 

निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको छ । 

स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन हुदैँछ ।

यस्तो छ आचारसंहिता