सरकारले सामाजिक सुरक्षा भत्ता सिधैं व्यक्तिको खातामा पठाउन सुरू गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा गर्दै यस्तो जानकारी दिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लगभग १८ लाख सेवाग्राहीको सम्बन्धित खातामा सामाजिक सुरक्षा भत्ता दाखिला गरेको सरकारले जनाएको छ ।
यस्तै सरकारी भुक्तानीमा हुने अग्रिम कर कट्टी रकमलाई विद्युतीय माध्यमबाट सोझै जम्मा गरी सरकारी लेखांकन प्रणाली र कर प्रणालीबीच अन्तआवद्धता गरी ई-टीडीएसलाई सोझै पठाउने व्यवस्था समेत मिलाइएको छ ।