सामाजिक सुरक्षा कोषले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा सामाजिक सुरक्षा कोषलाई सो अवार्ड प्रदान गरिएको हो ।
सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने सरकारी संस्थालाई यो अवार्ड प्रदान गरिन्छ । त्यसैअनुसार यस वर्ष सामाजिक सुरक्षा कोषलाई डिजिटल गभर्नेन्स अवार्ड दिइएको हो ।
सामाजिक सुरक्षा कोष २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्दै आएको निकाय हो। कोषले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सामाजिक सुरक्षा सूचना प्रणाली, बीमा दावी व्यवस्थापन, मोबाइल एप, ऋण व्यवस्थापन, रिकन्सिलेसन र एचआर एप्लिकेसनजस्ता प्रणाली प्रयोग गर्छ।
यसले रजिष्ट्रेसन, डिपोजिट कलेक्सन, बीमा दावी, ऋण, कर विवरण, निवृत्तिभरण, KYC र गुनासो व्यवस्थापनलगायतका सेवा अनलाइन उपलब्ध गराउदै आएको छ । डिजिटल सेवाबाट हालसम्म २५ लाखभन्दा बढी योगदानकर्तालाई लाभान्वित भइसकेका छन् ।
आईसीटी समाचार