कीवर्डहरू -

ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल गर्दै सफ्ट बैंक

ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल गर्दै सफ्ट बैंक

सफ्ट बैंकले ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल अगाडि बढाएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार ओपन एआईले १५ अर्बदेखि २५ अर्ब डलरसम्मको लगानी गर्न सक्ने छ ।

यो छलफल त्यतिबेला भइरहेको छ, जब चिनियाँ कम्पनी डिपसिकको आरवान मोडल सार्वजनिक भएपछि बजार प्रभावित भएको छ । 

रिपोर्ट अनुसार सफ्ट बैंक र ओपन एआईबीच सम्झौता अझै टुंगोमा पुगेको छैन् । यदी सफ्ट बैंकले यो लगानी गरेमा ओपन एआईमा सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा सफ्ट बैंक रहने छ । 

आरवान मोडल यो मोडल तुलनात्मक रूपमा कम बजेटमा निर्माण गरिएको थियो, जसले गर्दा लगानीकर्ताहरूलाई महँगो एआई हार्डवेयरमा गरेको ठूला लगानी आवश्यक नपर्न सक्ने भन्ने चिन्ता बढाएको थियो ।  

यसको प्रभाव स्वरूप, चिप निर्माण कम्पनी एनभीडीयाको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो ।