कीवर्डहरू -

सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव

सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव

सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम लागि १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका थिए ।

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो । 

यसैबीच, विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे, त्यहाँको कक्षाहरूमा संलग्न भए, र विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए । साथै, सफ्टवेरिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो र यसले हामीले आयोजना गर्ने कार्यक्रमको गुणस्तर र विद्यार्थी प्रति हाम्रो प्रतिबद्धतालाई देखाउँछ ।

यस भ्रमणको क्रममा, विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरु जस्तैः लन्डनको रोचक शहर र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।

सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वृद्धि विकासको लागि निकै महत्त्वपूर्ण भएको बताए ।  बेलायत भ्रमणका लागि कलेजले विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएको थियो ।