कीवर्डहरू -

सोकोन ईसी ३६ ईभी भ्यान नेपालमा, मूल्य साढे ४५ लाख

सोकोन ईसी ३६ ईभी भ्यान नेपालमा, मूल्य साढे ४५ लाख

नेपालमा सोकोन ईसी ३६ विद्युतीय (ईभी) भ्यान सार्वजनिक भएको छ । एमएडब्लू वृद्धीले नेपाली बजारमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक गरेको हो । 

११ सिट क्षमताको ईसी ३६ भ्यानले एकपटकको फुलचार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको ६० किलोवाटको इलेक्ट्रीक मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले २.५ घण्टामा ० देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ । १८८ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको यस भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षा फिचर रहेका छन् ।

साथै, यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ । सोकोन ईसी ३६ भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।