कीवर्डहरू -

भारतको हाइफेन एससीएसले प्राप्त गर्‍यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४

भारतको हाइफेन एससीएसले प्राप्त गर्‍यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४

साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४ भारतको स्टार्टअप हाइफेन एससीएसले पाएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस र जुमको ग्राण्ड फिनाले कार्यक्रममा हाइफेन एससीएसलाई सो अवार्ड प्रदान गरिएको हो । 

दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसन प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड प्रदान गरिदै आइएको छ । 

यस विधामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाट आवेदनहरू प्राप्त भएका थिए ।

प्राप्त आवेदनबाट विज्ञ जुरीहरूको निर्णय अनुसार हाइफेन एससीएसले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४ प्राप्त गर्न सफल भएको हो । 

वेरहाउजिङ र फुलफिलमेन्ट इकोसिस्टमलाई रूपान्तरण गर्न स्थापना भएको भारतीय स्टार्टअप हो, हाइफेन एससीएस । यसले वेयरहाउजिङ सेवाका लागि फुलस्ट्याक प्लेटफर्म प्रदान गरिरहेको छ । 

सन् २०२३-२०२४ कम्पनीले ८ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ । यसले रिलायन्स, आईटीसी, बर्जर पेन्ट्स लगायत १४० बढी क्लाइन्टलाई सेवा प्रदान गरिरहेको छ ।