दक्षिण कोरियाले चिनियाँ एआई एप डिपसिकलाई एप स्टोरबाट डाउनलोड गर्न शनिबारदेखि अस्थायी प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनीले प्रयोगकर्ताका डेटा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मूल्याङ्कन गर्नु अघि गरिएको निर्णय हो ।
व्यक्तिगत जानकारी सुरक्षा आयोगले चिनियाँ एप दक्षिण कोरियाली गोपनीयता कानून अनुसार आवश्यक परिवर्तन र अनुकूलन पूरा गरेपछि डाउनलोड गर्नको लागि पुनः उपलब्ध गराइने बताएको छ ।
यो प्रतिबन्धले देशमा पहिले नै प्रयोग भइरहेको एप र वेब सेवामा असर गर्ने छैन् । यद्यपि, डाटा सुरक्षा निकायले वर्तमान प्रयोगकर्ताहरूलाई डिपसिकमा व्यक्तिगत जानकारी नराख्न सल्लाह दिएका छन् ।
दक्षिण कोरियामा डिपसिक सेवा जनवरी अन्त्यमा सार्वजनिक भएपछि व्यक्तिगत जानकारी सुरक्षा आयोगले डिससिकले व्यक्तिगत डाटा सङ्कलन र प्रक्रिया कसरी गर्छ भन्ने बारेमा सोधपुछ गरेको थियो ।
व्यक्तिगत जानकारी सुरक्षा आयोगको अनुसन्धाबना डिपसिकले दक्षिण कोरियाली प्रयोगकर्ताहरूको डाटा बाइटडान्सलाई ट्रान्सफर गरेको पाएको थियो, जुन टिकटकको मूल कम्पनी हो ।डिसपिकले हालै दक्षिण कोरियामा स्थानीय प्रतिनिधि नियुक्त गरेको थियो र यसले आफ्ना सेवाहरू सुरु गर्दा दक्षिण कोरियाली गोपनीयता कानूनी बारेमा जानकारी नभएको स्वीकार गरेको छ ।
चिनियाँ कम्पनीले शुक्रबार कोरियाली अधिकारीहरूसँग नजिकबाट सहकार्य गर्ने बताएको छ । दक्षिण कोरिया मात्रै होइन, डिपसिकलाई लिएर अन्य देशहरू पनि यसप्रति सतर्क छन् ।
अष्ट्रेलियाले सुरक्षा चिन्ताहरूका कारण सरकारी उपकरणहरूमा डिपसिकको प्रयोग निषेध गरेको छ । इटालीको डेटा सुरक्षा निकाय, गारेन्टेले डिपसिकलाई ब्लक गर्न निर्देशन दिएको छ भने ताइवानले सरकारी विभागहरूमा निषेध गरेको छ ।