कीवर्डहरू -

स्प्यारो एसएमएसले सुरू गर्‍यो ‘महिला उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले सुरू गर्‍यो ‘महिला उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला उद्यमशीलता अभियान’ सुरू गरेको छ ।

एसएमएस सेवा प्रदायक कम्पनी स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘महिला उद्यमशीलता अभियान’ घोषणा गरेको हो । 

यस पहल अन्तर्गत स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले Sparrow SMS द्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्छन्, साथै एसएमएस मार्केटिङ बारे पनि निःशुल्क परामर्श लिन सक्नेछन् ।

स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले व्यापारलाई थप सशक्त र व्यापार प्रवर्धन गर्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्न आग्रह समेत गरेको छ ।