कीवर्डहरू -

एसएमएसबाट एसईईको नतिजा हेर्ने तरिका

एसएमएसबाट एसईईको नतिजा हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा स्प्यारो एसएमएसबाट हेर्न दिने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा स्प्यारो एसएमएसले एसएमएसमार्फत नतिजा थाहा पाउन सकिने व्यवस्था गरेको हो ।

यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो र भरपर्दो उपलब्ध हुने स्प्यारो एसएमएसले जनाएको छ । स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत, मनोज थापाले एसएमएसबाट देशका सबै कुनाका विद्यार्थीहरूले सजिलैसँग एसईईको नतिजा थाहा पाउन सक्ने बताए । 

विगतका दिनमा तपाईंले एसईईको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने हुन्थ्यो । तर प्रविधिको विकासलाई अहिले त्यसलाई सहज बनाइदिएको छ ।

एसएमएसमा आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाएको कम्पनीको दावी छ । 

एसईईको नतिजा एसएमएसमार्फत कसरी हेर्ने ?

सुरूमा आफ्नो मोबाइल सन्देश (म्यासेज) बक्समा जानुहोस् । त्यसपछि नयाँ म्यासेज लेख्ने ठाउँमा जानुहोस् र SEE <space> तपाईंको सिम्बोल नम्बर टाइप (उदाहरणका लागि SEE 12345678) गरी 35001 मा एसएमएस पठाउनुहोस् ।