माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा मोबाइल एसएमएसमार्फत सहज रूपमा प्राप्त गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले यस वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा नतिजा विद्यार्थीको मोबाइलमै उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
स्प्यारो एसएमएसले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सरकारी वेबसाइटमा अत्यधिक चापका कारण उत्पन्न हुने समस्या समाधान गर्न एसएमएस सेवा प्रभावकारी माध्यमका रूपमा अघि सारेको छ ।
कम्पनीले देशका सबै क्षेत्र—चाहे शहरी होस् वा ग्रामीण—का विद्यार्थीहरूलाई नतिजा तुरुन्तै र सजिलै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नतिजा प्रकाशित भएपछि एसएमएसबाट थाहा पाउन सकिने छ ।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले एसईईको नतिजा सार्वजनिक भएपछि बिना कुनै ढिलाइ वा झन्झटबिना विद्यार्थीहरूलाई आफ्नो नतिजा सहज र भरपर्दो रूपमा उपलब्ध गराउने बताए ।
एसएमएसमार्फत नतिजा थाहा पाउने तरिका
- आफ्नो मोबाइलको म्यासेज बक्स खोल्नुहोस्।
- टाइप गर्नुहोस्: SEE [space] Symbol Number (उदाहरण: SEE 12345678A)
- 35001 मा पठाउनुहोस् ।