कीवर्डहरू -

स्प्यारोएसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’ मान्यता प्राप्त, व्यवसायहरूलाई अब झनै सहज

स्प्यारोएसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’ मान्यता प्राप्त, व्यवसायहरूलाई अब झनै सहज

स्प्यारोएसएमएसले आधिकारिक रूपमा ‘मेटा टेक प्रोभाइडर’ का रूपमा मान्यता प्राप्त गरेको छ । नेपालमा भरपर्दो बल्क एसएमएस सेवा प्रदायकका रूपमा परिचित कम्पनीले अब आफ्नो सेवाको दायरा विस्तार गर्दै ह्वाट्सएप बिजनेस म्यासेजिङ सेवा औपचारिक रूपमा उपलब्ध गराएको हो ।

स्प्यारो एसएमएसका सीईओ मनोज थापाले वा खुद्रा व्यवसायदेखि ठूला उद्यमसम्म सबैका लागि यसले ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउने बताए । 

अब व्यवसायहरू कुनै जटिल प्राविधिक प्रक्रियाबिना नै छिटो, सरल र ह्वाट्सएप एपीआईमा जोडिन सक्ने भएका छन् । यसले खुद्रा व्यापारीदेखि ठूला उद्यमसम्म सबै आकारका व्यवसायलाई डिजिटल सञ्चारलाई अझ प्रभावकारी र सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

नयाँ ह्वाट्सएप प्लेटफर्ममा WhatsApp Embedded Sign-Up, Blue Tick Verification, Bulk WhatsApp Broadcast, Multi-Agent Live Chat र No-Code Chat Flow Builder जस्ता अत्याधुनिक सुविधा समावेश गरिएका छन् ।