कीवर्डहरू -

३ दिन मात्रै स्मार्टफोन नचलाउँदा मस्तिष्कको गतिविधिमा हुन्छ ठूलो परिवर्तन

३ दिन मात्रै स्मार्टफोन नचलाउँदा मस्तिष्कको गतिविधिमा हुन्छ ठूलो परिवर्तन

तपाईंको फोन अहिले तपाईंबाट कति टाढा छ? तपाईंले यसलाई अन्तिम पटक कहिले देख्नुभएको थियो ? हामीमध्ये धेरैका लागि, यो डिजिटल उपकरण प्रायः हाम्रो हातमै हुन्छ र हालैको एक अध्ययनले देखाएको छ ।

हामी यसको प्रयोग कम गर्छौं, तब मस्तिष्कको गतिविधिमा कस्तो प्रभाव पर्न सक्छ । हालै गरिएको एक अध्ययनमा मात्र तीन दिनको लागि स्मार्टफोन नचलाउँदा तपाईंको मस्तिष्कको गतिविधिमा ठूलो परिवर्तन आउन सक्ने देखिएको छ ।

यो अनुसन्धान जर्मनीको हाईडेलबर्ग युनिभर्सिटी र युनिभर्सिटी अफ कोलोनका वैज्ञानिकहरूले गरेका हुन्, जसमा १८ देखि ३० वर्ष उमेरका २५ युवा वयस्क सहभागी थिए । सहभागीहरूलाई ७२ घण्टासम्म फोनको प्रयोग सीमित गर्न भनिएको थियो, जसमा केवल अत्यावश्यक सञ्चार र कार्यसम्बन्धी कार्यहरू मात्र गर्न अनुमति थियो ।

फोन 'डाइट’ अघि र पछाडि सहभागीहरूको एमआरआई स्क्यान र मनोवैज्ञानिक परीक्षणहरू गरिएको थियो । यसको उद्देश्य फोनको कम प्रयोगले उनीहरूको मस्तिष्कको ढाँचामा कस्तो प्रभाव पार्छ भन्ने पत्ता लगाउनु थियो ।

परिणामहरूमा ब्रेन एक्टिवेसनमा परिवर्तन देखियो, जुन लत सम्बन्धी न्यूरोट्रान्समिटर प्रणालीहरूसँग सम्बन्धित थियो ।

अनुसन्धानकर्ताहरूले आफ्नो शोधपत्रमा लेखेका छन्, 'हामीले स्मार्टफोन प्रयोगकर्ताहरूमा स्मार्टफोन प्रतिबन्धको प्रभाव परीक्षण गर्न दीर्घकालीन विधि अपनाएका छौं । समयसँगै मस्तिष्कको सक्रियतामा देखिएको परिवर्तन र लतसँग सम्बन्धित न्यूरोट्रान्समिटर प्रणालीहरूबीच सम्बन्ध भेटियो ।'

स्क्यानको क्रममा, सहभागीहरूलाई विभिन्न प्रकारका तस्बिरहरू देखाइएको थियो । यसमा स्मार्टफोनको अन र अफ अवस्थामा खिचिएको तस्बिर, साथै न्यूट्रल तस्बिरहरू जस्तै डुङ्गा र फूल समावेश थिए ।

यस अध्ययनबाट थोरै समयको लागि पनि स्मार्टफोनको प्रयोग घटाउँदा मस्तिष्कको गतिविधि परिवर्तन हुन सक्ने प्रमाणित भएको छ । यसले देखाउँछ कि डिजिटल उपकरणहरूले हाम्रो न्यूरल ढाँचालाई कसरी असर गर्छ ।

“हाम्रो डेटा स्मार्टफोन प्रयोग गर्ने चाहना र सामाजिक अन्तक्रिया गर्ने चाहनाबीचको अन्तर स्पष्ट गर्दैन, जुन आजकल धेरै नजिकका प्रक्रिया भएका छन् । यद्यपि, हाम्रो तथ्यांकले यी प्रक्रियाहरूलाई पूर्ण रूपमा व्याख्या नगरे पनि, भविष्यका अध्ययनहरूले यस पक्षलाई थप स्पष्ट रूपमा अन्वेषण गर्नुपर्छ,' शोधपत्रमा लेखिएको छ ।