कीवर्डहरू -

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सम्पन्न भएको छ । कलेजको सामाजिक सेवा, वातावरण र प्रविधि (सेट) परिषद्ले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूले सामाजिक उत्थान, वातावरण संरक्षण, प्रविधि र इन्नोभेसनका विभिन्न परियोजनाहरू प्रस्तुत गरेका थिए । 

कार्यक्रमका जल रकेट, रोबोटिक हात, एआई प्रवर्द्धित सवारी मोडेलहरू, र पहिरो अलार्म जस्ता प्रविधिहरू प्रदर्शनीमा रहेका थिए । सामाजिक सेवा, वातावरण, र प्रविधि गरी तीन विधामा  अन्तर कलेज र कलेजभित्रबाट विभिन्न परियोजनाहरूले प्रतिस्पर्धा गरेका थिए । 

प्रत्येक विधामा तीनजना विजेता घोषित गरिएको थियो । विजेतालाई प्रमाणपत्र, पदक, र नगद पुरस्कार प्रदान गरिएको थियो । साथै, कार्यक्रममा सहभागीहरूले मन पराएको उत्कृष्ट परियोजनालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका सहसचिव डा. राजेन्द्र प्रसाद भण्डारीले विद्यार्थीहरू राष्ट्रका आधारस्तम्भ भएको बताउँदै प्रदर्शनीले नवाचारहरू प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्ने बताए ।