१२ औँ विज्ञान दिवसको पूर्व सन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
शशस्त्र प्रहरी बल हलचोकको कवर्डहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गृहमन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले नेपालीहरुले विज्ञान र प्रविधिको उपयोग गरेर आफ्नो जिवनलाई समुन्नत बनाउनुपर्ने बताए ।
उनले आफुहरुको समयमा विद्यालयको पठ्यक्रममा विज्ञान ऐच्छिक विषय रहेको र अहिले विज्ञान अनिवार्य विषय रहेकोमा खुशी व्यक्त गर्दै अहिले साईवर अपराधका श्रृंखला बढिरहेकाले भविष्यमा साईवर साक्षरता सम्बन्धी कार्यक्रमहरु वडा–वडामा संचालन गर्नुपर्ने कुरामा जोड दिए ।
त्यस्तै कार्यक्रमको विशेष अतिथि रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले आयातमुखी अर्थतन्त्रलाई विज्ञान प्रविधिको लगानीले आत्मनिर्भर अर्थतन्त्र तर्फ डोर्याउन सक्ने बताउदै हाम्रो देशको राष्ट्रिय सुरक्षाको उचित व्यवस्थापनको लागी पनि विज्ञान प्रविधिमा लगानी गर्नुको विकल्प नरहेको जिकिर गरेका थिए । विज्ञान–प्रविधि राष्ट्रको विकाशको लागि अपरिहार्य माध्यम रहेको उनको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नागार्जुन नगरपालिकाले विगतमा प्रविधि क्षेत्रमा गरेका कामहरु तथा भविष्यमा गर्ने कार्यहरुको पुर्व तयारीको शन्दर्भमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रविधि क्षेत्रका जानकार हरिराम रिमालले वैज्ञानिक अवधारणाको विकासक्रम, विज्ञान र प्रविधि, प्रविधि र आर्टिफिसियल ईन्टेलिजेन्सका विविध आयामहरुमाथी प्रकाश पारेका थिए । त्यस्तै अर्का कार्यपत्र प्रस्तोता डा. अनु शाक्यले स्वास्थ्य क्षेत्रमा प्रयोग भईरहेको आर्टिफिसियल ईन्टेलिजेन्सको सन्दर्भमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै कार्यक्रममा मन्तव्य दिदै डा. ध्रुव रेग्मीले विज्ञान र प्रविधि मानव सभ्यताकै चुनौतिको रुपमा आईरहेकाले यसको नाकरात्मक पाटाहरुको न्युनिकरणमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका टेक बहादुर कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थित हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि संस्थाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      