कीवर्डहरू -

टेलिकमको सुन्धारा कार्यालय अन्तर्गत पर्ने सबै ठाउँमा कपर प्रविधिलाई एफटिटिएचमा स्तरोन्नती

टेलिकमको सुन्धारा कार्यालय अन्तर्गत पर्ने सबै ठाउँमा कपर प्रविधिलाई एफटिटिएचमा स्तरोन्नती

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाईबर टू दी होम (एफटिटिएच) प्रविधिमा स्तरोन्नती गरेको छ ।

चैत २२ गते दूरसञ्चार कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् । 

कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाईनहरू पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको एफटीटीएच  नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो । 

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन ।

एफटीटीएच प्रविधिमा माइग्रेसन भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।