कीवर्डहरू -

डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका

डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका

डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस सुविधा उपलब्ध हुनेछन् ।

१२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीको भनाइ छ । यसको अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू समेत जित्न सक्नेछन् ।

हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम एप्लाइन्सका सामान, आईटेल ए६० स्मार्टफोन, मिभी डुओपड्स टी२० इयरबड्स र डिसहोम ४के स्ट्रिमर जस्ता उपहारहरू जित्न सक्नेछन् । बम्पर लक्की ड्र अन्तर्गत एक जना भाग्यशाली विजेताले डीएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन् ।

डिशहोमले आफ्ना ग्राहकका लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डीएचआई होम एप्लाइन्सका सामानमा ४० प्रतिशत, मिभी डुओपड्समा ५४ प्रतिशत र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।