कीवर्डहरू -

थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?

थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?

मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अपडेटको घोषणा गरेका थिए । 

पोल र जीआईएफ पोष्ट गर्न मिल्ने फिचर एप र वेबमा रोलआउट हुन सुरू भएको छ । यद्यपी प्रयोगकर्ताहरूले पहिलेदेखि नै थर्डपार्टी किबोर्डहरू प्रयोग गरेर जीआईएफ पोष्ट गर्दै आएका थिए । 

तर अब प्रयोगकर्ताले थ्रेड्समै जीआईएफ बटन पाउने छन् । पोलका लागि प्रयोगकर्ताले भोटका लागि ४ वटा विकल्प थप गर्न सक्ने छन् । 

कुनै पनि विषयमा वा विचारमा पोल पोष्ट गरेपछि उक्त पोल २४ घण्टासम्म खुला रहने छ । पोलको नतिजा मतदानमा सहभागी हुनेले मात्रै हेर्न पाउने छन् ।