स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएको छ । सातै प्रदेशका सय बढि स्टार्टअप तथा इन्नोभसनहरुको प्रदर्शनी रहने फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरुको पनि शोकेस गरिनेछ । अनुपम फुडल्याड बत्तिसपुतलीमा आयोजना हुने फेस्ट आइसिटी अवार्ड २०२५ को प्रि(इभेन्टको रुपमा आयोजना हुनेछ ।
लिभिङ विथ आइसिटी र स्वाइड अफ चेन्जमेकरको संयुत्त आयोजनामा हुने कार्यक्रममा ५० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले आइसिटी अवार्ड २०२५ को सेमिफाइनलिस्टको रुपमा सहभागिता जनाउनेछन । उनिहरुलाई अवलोकनकर्ताले प्रडक्ट तथा इन्नोभेसनको आधारमा भोट पनि गर्न सक्नेछन ।
यसैगरी सातै प्रदेशबाट ३० बढि स्टार्टअपहरुको सहभागिता रहनेछ । फेस्टमा विभिन्न कम्पनी तथा विद्यार्थीहरुले विकास गरेका रोबोटिक्स, एआई प्रडक्ट, रकेट तथा एयरस्पेसको पनि प्रदर्शनी हुनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि इन्नोभेटिभ तरिकाले काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न तथा उद्यमशिताको विकासको लागि आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, सरोकारवाला, लगानीकर्ता र स्टार्टअप इकोसिस्टममा काम गरिरहेकाहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा प्रडक्ट डेमो तथा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डको प्रि इभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठुलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रमको रुपमा स्थापित भएको छ ।
यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी निशुल्क गरिएको छ । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्ड वाहेक अन्य स्र्टाटअप तथा टेक प्रडक्टहरुले पनि प्रदर्शनीमा सहभागिता जनाएर आफ्नो व्यवसाय प्रवद्धर्न गर्न सक्नेछन । यसको लागि वेबसाइटमा गएर रजिस्ट्रृृेसन गर्न सकिनेछ ।
दुई दिने प्रदर्शनीसँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ । स्टार्टअपहरुको लागि आर्किटेक्चर एज अ सर्भिस सम्वन्धी ट्रेनिङ सेसन पनि निशुल्क सञ्चालन गरिनेछ । मेन्टरिङ तथा ट्रेनिङ सेसनहरु सनवे कलेज र एमआइटी कलेजमा सञ्चालन हुनेछ भन्ने अन्य सेसनहरु विभिन्न स्थानमा तय गरिने आयोजकले जानकारी दिएको छ ।
यस कार्यक्रममा सहभागिता हुने सातै प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा प्रोभिन्स स्टार्र्टअप आइसिटी रिगग्निजेसनबाट सम्मान गरिनेछ ।
आइसिटी अवार्ड २०२५ को लागि विभिन्न १५ विधामा छनौट प्रकृया सञ्चालनमा छ । अवार्डमा ७ सय बढिको अनलाइन नोमिनेसन प्राप्त भएको छ । १४ नेपाली र ३ विदेशी विज्ञहरु अवार्डको छनौट प्रकृयामा सहभागी भएका छन ।
नेपाल बाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ ।स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डको लागि दर्जनौ प्रि–इभेन्टहरु सञ्चालन हुनेछन । अवार्डको सेमिफाइलिस्टमा सहभागी स्र्टाटअप र इन्नोभेसनहरुको प्रडक्ट तथा बिजनेस आइडिया टेलिभिजनमा विशेष कार्यक्रमको रुपमा प्रशारण हुनेछ । आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि www.startupnepal.org वा www.ictaward.org हेर्न सकिनेछ ।