नेपालको काठमाडौं शहर विश्वका उत्कृष्ट १ हजार स्टार्टअपमैत्री शहरभित्र पर्न सफल भएको छ । ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ को सूचीमा काठमाडौं विश्वका एक हजार उत्कृष्ट स्टार्टअपमैत्री शहरमा पर्न सफल भएको हो ।
स्टार्टअप बिलिङ्कले सार्वजनिक गरेको ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ अनुसार नेपाल विश्वका उत्कृष्ट १०० स्टार्टअपमैत्री देशको सूचीमा अटाएको छैन् । तर एशियामा सिंगापुर पहिलो नम्बरमा छ भने चीन तेस्रो, भारत छैठौं, पाकिस्तान पन्ध्रौं, श्रींलका १७ औं र बंगलादेश अठारौं नम्बरमा छन् ।
त्यसैगरी उत्कृष्ट १०० स्टार्टअपमैत्री देशको सूचीमा अमेरिका पहिलो, दोस्रोमा बेलायत, तेस्रो स्थानमा इजरायल रहेका छन् ।
विश्वका १०० बढी देश र १ हजार बढी शहरमा भएको अध्ययनमा उत्कृष्ट देशको सूचीमा नेपाल नअटाएपनि काठमाडौं उत्कृष्ट स्टार्टअपमैत्री एकहजार शहरमा ५३७ नम्बरमा पर्न सफल भएको छ ।
तर शहरको सूची स्थान पनि यस वर्ष खस्किएको छ । सन् २०२२ मा ५२९ नम्बरमा रहेको काठमाडौं यस वर्ष खस्कदै ५३७ स्थानमा पुगेको छ ।
स्टार्टअप ब्लिंलकले क्रन्चबेस, युएनडिपी, ब्राइट डाटा, एसईएमरस, मिटअप, स्ट्याटिस्टा, साप डट आईओ फाउन्डरिज लगायकासँगको सहकार्यमा विभिन्न प्यारामिटरमा आधारित रहेर ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स प्रकाशित गर्दै आएको छ ।
पछिल्लो समय नेपालमा स्टार्टअप कल्चर फस्टाउन थालेका छन् । अहिलेसम्म उनीहरूको आफ्नै बलबुतामा अगाडि बढीरहेका छन् । स्टार्टअप इकोसिस्टम विकासमा सरकार खासै ध्यान दिन सकेको छैन् ।
स्टार्टअप इकोसिस्टम विकास लागि सरकारले स्टार्टअप नीति ल्याउने भनेर केही वर्षदेखि छलफल भइरहेको छ । तर पनि अझै आउन सकेको छैन् । यता मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भने यस वर्ष स्टार्टअप नीति पारित हुने बताएका छन् ।